वडा नं ३ का वडा अध्यक्ष श्री टेकलाल सापकोटाले यस श्री आधारभूत विद्यालय, मदवालाई ६ थान पंखा हस्तान्तरण गर्नुभएको छ। विद्यालयका पंखा बिग्रिएर कक्षा कोठाहरूमा समस्या उत्पन्न भएको जानकारी प्रधानाध्यापकबाट प्राप्त गरेलगत्तै अध्यक्ष स्वयं विद्यालयमा पुगेर पंखा हस्तान्तरण गर्नुभएको हो।
उहाँले यसअघि पनि विद्यालयका विविध समस्या तथा आवश्यकतामा साथ र सहयोग गर्दै आउनुभएको छ।
विद्यालय परिवार उहाँप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ।




Leave a Reply